Thursday, April 17Nepal News Portal
Shadow

रिट निवेदकले इजलासमा सोधे–ओलीलाई श्री ३ को जत्तिकै अधिकार संविधानको कुन धारामा छ ?


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगतका राजा र राणा शासकहरूको भन्दा बढी अधिकार रहेको भन्ने कानुन व्यवसायीले संविधानको कुन धाराले त्यस्तो अधिकार दिएको छ भन्ने देखाउन नसकेको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेको भनाई छ ।
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका क्रममा आइतबार जवाफी बहस गर्दै अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीका निजी वकिलहरूले प्रतिरक्षाका क्रममा उठाएका कुराहरू संवैधानिक आधारमा नरहेको उनको भनाई छ ।
विपक्षी कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ५ र श्री ३ भन्दा पनि माथिको अधिकार छ भन्नुभयो तर कहाँ कुन धारामा छ स्पष्ट भन्नुभएन, न्यौपानेले भने, उहाँहरूले राज्य सञ्चालन गर्न सीमिति अधिकार दिएको हो, श्री ३ जंगबहादुरभन्दा पनि माथिको अधिकार छ भनेर भन्‍नुभयो र खाली अविशिष्ट अधिकार छ भनेर आउनुभएको छ तर संविधानका धारा देखाउनुभएन ।

प्रधानमन्त्रीमा अविशिष्ट अधिकार छ भनेर प्रतिनिधिसभा विघटन सदर गर्ने हो भने प्रधानमन्त्रीले जे(जे गर्छन् त्यसलाई स्वीकार गर्दै जानुपर्ने न्यौपानेको भनाइ थियो । उनले त्यस्तो अवस्थामा संवैधानिक इजलासको औचित्य नरहने जवाफ दिए । प्रधानमन्त्रीले जे गरे पनि हुन्छ भन्ने अविशिष्ट अधिकार छ भन्ने हो भने इजलास नरहे पनि भयो । प्रधानमन्त्रीले जस्तो जस्तो गर्‍यो त्यस्तै मान्दै जाने वा इजलास नै नरहे पनि हुने भयो ।

त्यस्तै, प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलहरूले प्रतिनिधिसभा विघटन गर्ने आवश्यकताको सिद्धान्त मानेको तर त्यो संविधानको कुन धारामा छ भनेर देखाउन नसकेको न्यौपानेको भनाइ थियो ।

तीन तहमा राज्यशक्तिको बाँडफाँट गर्ने व्यवस्था रहेको संविधानको धारा ५८ देखाएर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने सरकारी वकिलहरूको तर्कमा दम नभएको न्यौपानेको भनाइ थियो । धारा ८५ र ७६ को कुरा ल्याउनुपर्थ्यो । त्यो ल्याउने आधार देख्नुभएन र धारा ७४, ७५ अरु ल्याउनुभयो । यी धाराहरू अप्रासांगिक हुन्, उनले भने ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्