Wednesday, December 6Nepal News Portal
Shadow

चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ


काठमाडौं, (ससं) । अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालत पुगेर जवाफ दिएका छन्।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सर्वोच्च अनदाल पुगेर लिखित जवाफ दिएका हुन्।

प्रतिनिधिसभा विघटनबारे विज्ञप्ति जारी गरेका चार जना पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलनामा मुद्दा परेको थियो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको घटनालाई असंवैधानिक भन्दै आएका छन्।

न्यायाधीश मनोज शर्माको इजलासले उनीहरुलाई ७ दिन भित्र आफै उपस्थित भएर लिखित जवाफ दिन भनेको थियो।

Total Page Visits: 417 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्