Monday, September 16Nepal News Portal
Shadow

भ्रष्टाचार नियन्त्रणमा सरकारले महत्वपूर्ण उपलब्धि गरेको प्रधानमन्त्री ओलीको दाबी


काठमाडौं, (ससं) । भ्रष्टाचार नियन्त्रणमा सरकारले महत्वपूर्ण उपलब्धि गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। सरकारले तीन वर्षको अवधिमा गरेका कामहरु सोमबार (आज) सिंहदरबारबाट सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकाले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि गरेको बताएका छन् ।

‘मैले भनेको थिएँ, आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न। आज फेरि एकपटक दोहोर्‍याउन चाहन्छु, भ्रष्टाचारका सम्बन्धमा मेरो मुखमा पानी हालेर बोल्ने बानी छैन। जो जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला हुन् तिनको मुख हेरेर सजाय तोकिन्न।’ ओलीले भने।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएपछि प्रधानमन्त्री ओली सरकारले गरेका कामहरुको व्यापक प्रचार गर्दै आएका छन्। ओलीले हरेक सार्वजनिक कार्यक्रमकको सम्बोधनका क्रममा आफ्नो अधिकांश सयम खर्चिने गरेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्