Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
कांग्रेस र ओली समूह कर्णाली सरकारको वार्षिकोत्सवमा अनुपस्थित – Udhyognews.com
Friday, June 13Nepal News Portal
Shadow

कांग्रेस र ओली समूह कर्णाली सरकारको वार्षिकोत्सवमा अनुपस्थित


सुर्खेत, । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् ।

आज सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् ।
ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताए । उनले भने, ‘वार्षिकोत्सबबारे जानकारी भएन, म आफ्नो महत्त्वपूर्ण कामले निर्वाचन क्षेत्रमा छु । सरकारले के-के गर्छ हामीलाई थाहा दिदैन ।’

वार्षिकोत्सवमा सहभागी नभएको नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले आफू कामले काठमाडौं भएको र ढिला जानकारी भएकोले सहभागी हुन नसकेको बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्