Wednesday, February 12Nepal News Portal
Shadow

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


झापा, (ससं) । जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। जंगलमा घाँस काट्न गएकी झापा भद्रपुर नगरपालिका वार्ड नं २ की अन्दाजी ५० बर्षिया सीता दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

सोमबार अपरान्ह साँढे १ बजे केही साथीहरूसंग दाहाल घाँस काट्न जंगल गएकी जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
हात्तीको आक्रमणबाट सख्त घाइते भएकी दाहाललाई उपचारका लागि अस्पताल लैजाँदा बाटैमा उनको मृत्यु भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्