Monday, June 16Nepal News Portal
Shadow

आज सुनको मूल्य तोलामा दुई सय बढ्यो


काठमाडौं, (ससं) । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य दुई सयले बढेको छ। छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार  छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार दुई सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्