Monday, September 16Nepal News Portal
Shadow

भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस नहरमा खस्यो


काठमाडौं, (ससं) मध्यप्रदेशको सिधिमा मंगलबार (आज) बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । ७ यात्रुको उद्धार गरिएको छ भने ड्राइभरले पौडी खेलेर आफ्नो ज्यान बचाएका छन् । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर निकालिएको छ । केही शव बगेका छन् ।

एएसपी अन्जुलता पटेलले २५ शवलाई निकालिसकिएको जानकारी दिइन् । बाँकी सबै यात्रीको मृत्युको आशंका गरिएको छ । उक्त दुर्घटना बिहान करिब साढे सात बजेको हो ।
प्रहरीका अनुसार बसको क्षमता ३२ यात्रीको थियो । तर यसमा ५४ यात्री थिए । सिधा बाटोमा जाम भएका कारण ड्राइभरले आफ्नो रुट फेरेका थिए । उनले नहरको किनाराबाट बस गुडाउदै थिए । बाटो निकै साँघुरो भएकोले ड्राइभरले सन्तुलन गुमाएका कारण उक्त दुर्घटना निम्तिएको बताइन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्