Wednesday, January 15Nepal News Portal
Shadow

‘भागरथी प्रकरणको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दछु’ : गृहमन्त्री थापा


काठमाडौं, (ससं) । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको जानकारी दिएका छन् । सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको जानकारी दिएका हुन् ।

उनले भने, ‘घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’ घटनाको विषयमा सरकार गम्भीर रहेको समेत थापाले बताएका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको पनि बताएका छन् । उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत जनाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्