Monday, February 10Nepal News Portal
Shadow

आरआर क्याम्पसमा प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप, ३ जना घाइते


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच आरआर क्याम्पसमा झडप हुँदा तीन जना घाइते भएका छन्। ओली समूह र प्रचण्ड–नेपाल समूहबीच सरस्वती पूजाको विषयलाई लिएर विवाद भएपछि प्रचण्ड–नेपाल समूह समर्थक तीन जना विद्यार्थी घाइते भएका हुन्।

आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का एक जना पूर्व अध्यक्षकाअनुसार प्रचण्ड–नेपाल समूह समर्थक दीलिप खड्का, विशाल रिजाल र दिपक बस्नेत घाइते भएका छन्। अहिले उनीहरुको उपचार भइरहेको छ।

प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले कुटपिटमा संलग्नलाई कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्