Monday, September 16Nepal News Portal
Shadow

जलविद्युत् क्षेत्रका लागि सहुलियत स्वीकृत, नवीकरण शूल्कमा ७५ प्रतिशत छुट


काठमाडौं, (ससं) । कोरोना भाइरस (काभिड(१९) का कारण जलविद्युत् क्षेत्रमा परेको असर कम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न सहुलियत तथा सुविधा दिने भएको छ ।

ऊर्जा मन्त्रालय र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको संयुक्त कार्यदलले अध्ययन गरेर सिफारिस गरेअनुसार ऊर्जा मन्त्रालयले सहुलियत तथा सुविधा स्वीकृत गरेर विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरिसकेको छ ।

वातावरणीय अध्ययनका लागि कार्यसूची तथा क्षेत्र निर्धारण भएका आयोजनाको समयावधि एक वर्ष थप गर्ने, विद्युत् खरिद सम्झौतामा विद्युत् उत्पादन गर्न तोकिएको मिति एक वर्ष थप्ने निर्णय मन्त्रालयले गरेको छ ।

यस्तै सर्वेक्षण अनुमति पाइसकेका तर कोरोना र लकडाउनका लागि आयोजनास्थल पुगेर अध्ययन गर्न अवरोध भएका आयोजनाका प्रवद्र्धकलाई वार्षिक अनुमतिपत्रको दस्तुरमा ७५ प्रतिशत छुट दिने र नवीकरणमा पनि छुट दिने मन्त्रालयको भनाई छ ।

यस्तै विद्युुत् प्राधिकरणलाई पर्न गएको तरलता व्यवस्थापनका लागि आवश्यक रकम र पुष्ट्याइँसहित मन्त्रालयमा प्रस्ताव पेस गर्न पनि मन्त्रलायले प्राधिकरणलाई आग्रह गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्