काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ।
देशभर १ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेका छन्।