Saturday, September 7Nepal News Portal
Shadow

पक्राउ परे विनयजङ्ग बस्नेत


काठमाडौं, (ससं) । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध जाहेरी दिएकी थिइन् । बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका हुन् ।
यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।

बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्