Wednesday, January 15Nepal News Portal
Shadow

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो, कति रुपैयाँसम्म तिर्नुपर्ने ? हेर्नुहोस्


काठमाडौं, (ससं) आज बुधबारदेखि चिकित्सकले बिरामी जाँच गरेबापत लिने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले बिरामी जाँच गरेबापत लिन पाउने परार्मश शुल्क बढाएको जानाकारी दिएको छ । विज्ञप्तिमा संघ र अफिनको मंगलबार बसेको संयुक्त बैठक आजदेखि लागू हुनेगरी शुल्क बढाएको उल्लेख रहेको छ।

वृद्धि गरिएको शुल्कमा पाँच वर्षसम्म अनुभव भएका एमबीबीएस/बीडीएस गरेका चिकित्सकले ३ सय ७० र पाँच वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले ४ सय ५० रुपैयाँ लिन सक्नेछन्। एमबीबीएस/बीडीएस पास गरेर डिप्लोमा तालिम लिएका ५ वर्षभन्दा कम अनुभव भएकाले चिकित्सकले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्न लिन पाउनेछन्।

यस्तै, एमडीरएमएसरएमडीएस चिकित्सकको हकमा ५ वर्षसम्म अनुभव भएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउनेछन्। डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षसम्म अनुभव भएकाले ७७० रुपैयाँसम्म लिन पाउनेछन्।

यस्तै, डीएम/एमसीएच गरेर ५ वर्षभन्दा धेरै अनुवभ भएका चिकित्सकले ८२५ र एमडी/एमसएमडीएस गरेर १० वर्षभन्दा धेरै अनुभव भएका चिकित्सकले बिरामी जाँच गरेबापत ८ सय २५ रुपैयाँसम्म लिन पाउनेछन्।

यसैगरी, निजी क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अफिसरको तलब न्यूनतम ४२ हजार रुपैयाँ पुर्‍याउने निर्णय पनि दुवै संस्थाले गरेका छन्। उनीहरुले नयाँ निर्णय कार्यन्वयन गराउन सबै चिकित्सक, स्वास्थ्य संस्था र अस्पतालाई अनुरोध समेत गरेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्