काठमाडौं, (ससं) । साताको चोथो कारोबार दिन बुधबार (आज) शेयर बजार परिसूचक नेप्से ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको छ । मंगलबार २६०१.५१ विन्दुमा भएको परिसूचक ०.३८ प्रतिशतले वृद्धि भएको हो ।
बुधबार कारोबारमा आएका मध्ये वाणिज्य बैंकिङ, विकास बैंक, ब्यापार, म्यूचुअल फन्ड र अन्य समूहको उपसूचकमा सुधार आए पनि अरुमा पनि गिरावट छ । कारोबार २ सय ३ वटा कम्पनीको ८ अर्ब ३ करोड रुपैयाँ बराबरको भएको छ। यो कारोबार रकम मंगलबारको भन्दा झन्डै २ अर्ब रुपैयाँले कम हो ।
नेप्से बढेको यो दिन सबैभन्दा धेरै कमाउनेमा नेपाल इन्फ्राइस्टक्चर बैंक (निफ्रा) रहेको छ। यो निफ्राको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ९७ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै शेयर कारोबार पनि यही बैंकको भएको छ। बैंकको ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यस्तै सबैभन्दा धेरै गुमाउनेमा सनराइज फष्ट म्यूचुअल फन्ड रहेको छ । यसको शेयर मूल्यमा भने ४.५३ प्रतिशतले घटेको छ ।