Wednesday, December 6Nepal News Portal
Shadow

फागुन २३ देखि ६० वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने


काठमाडौं, (ससं) । सरकारले आगामी फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने भएको छ ।

बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान्’ मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले भने, ‘२० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँदैछौं। कोभ्याक्समार्फत पनि आउँदैछ । त्यसैले खोपका अभाव हुदैन ।’

यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो। खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको भन्दै उनले भने, ‘छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउनेछन् ।’

Total Page Visits: 519 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्