Wednesday, September 18Nepal News Portal
Shadow

परीक्षाको बेला टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध


FILE – This Monday, Sept. 28, 2020, file photo, shows as logo of a smartphone app TikTok on a user post on a smartphone screen in Tokyo. Canadian e-commerce platform Shopify said Tuesday, Oct. 27, 2020, it’s made a deal with TikTok enabling merchants to create “shoppable” video ads that drive customers to online stores. (AP Photo/Kiichiro Sato, File)

काठमाडौं, (ससं) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ।
कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। गएको मंसिरमा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको हो।

यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्