Monday, February 10Nepal News Portal
Shadow

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक


काठमाडौं, (ससं) । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा सञ्चानल गर्ने जनाएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख रहेको छ ।
एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्