Thursday, December 7Nepal News Portal
Shadow

वैशाखमा चुनाव हुने निश्चित गर्दै सुवास नेम्वाङले भने : वैशाखमा चुनाव हुन्छ, तयारीमा जुटौं


इलाम, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओली पक्षका नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’ नेता नेम्वाङले भने, ‘सर्वोच्च अदालतले यसबारेमा अन्तरमि आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो ।त्यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’ संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने उनको भनाई छ ।

Total Page Visits: 487 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्