Saturday, December 2Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


काठमाडौं, (ससं) । आज देशभर थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सप्तरीमा १, सर्लाहीमा ३, काठमाडौँमा ३०, चितवनमा ३, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा २, रामेछापमा १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा १९, गोरखामा १, नवलपरासीपुर्वमा १, पर्वतमा १, लमजुङमा २, स्याङ्जामा १, अर्घाखाँचीमा १, गुल्मीमा १, नवलपरासीमा १, पाल्पामा ४, बाँकेमा १, रुपन्देहीमा १, दैलेखका १, सुर्खेतका १ तथा कैलालीमा २ जनामा संक्रमण पुष्टि भएको छ।
गत २४ घन्टामा ३ हजार ५ सय ४१ पीसीआर परीक्षण भएको छ। हाल देशभर १ हजार ६ सय ३ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको छ।
देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

Total Page Visits: 411 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्