Sunday, October 13Nepal News Portal
Shadow

‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन, ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’  :देउवा


पोखरा, (ससं) । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुले ठूलो जुलुस ल्याउन नसक्ने बताएका छन् । त्यसका लागि पैसा पनि नभएको उनी बताउछन् ।
नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबार (आज) उद्घाटन गर्दै देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक भए पनि जुलुस निकाल्न सक्ने अवस्था नभएको बताएका हुन् । ‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’
कांग्रेसमा क्रियाशील सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उनले बताए । ‘क्रियाशील लिनेबेला मारामार हुन्छ । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन्’, उनले भने, ‘जुलुसमा झन् के आउँथे ।’ अहिलेको बेला अदालतलाई निर्णय गर्न दिने तर यसो गर उसो गर नभनौं र भन्न पनि पाइँदैन भन्दै उनले अदालतले संसद् पुन:स्थापना  गरे पनि स्वीकार्ने र चुनाव भने पनि चुनावमा जाने प्रस्ट पारे । ‘अदालतको निर्णय मान्छौं । अदालतलाई नमाने कसलाई मान्ने’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले हठात् संसद् विघटन गरेर देशमा धेरै ठूलो ध्रुवीकरण गरेको देउवाको भनाइ थियो । देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक र अर्कोतिर अदालतमा रहेको मुद्दामा केन्द्रित रहेर संसद् पुनस्स्थापना या चुनाव हुनुपर्ने भन्ने चार कुरामा देशभरी पक्ष विपक्ष देखिएको बताएका छन् ।

कांग्रेस पार्टीको बैठकमा पनि यस विषयमा छलफल भइरहेको उनले बताए । ‘पार्टीभित्र कोही संसद् पुनस्स्थापना भन्नुहुन्छ त कोही चुनाव हुँदा फाइदा हुन्छ भनेर बाँडिएका छन्’, उनले भने, ‘तर म भन्छु, अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । बरु राम्रो वकिल राख्न पाइन्छ । वकिल राखेर बहस गराउने हो ।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्