Wednesday, January 15Nepal News Portal
Shadow

‘निर्धारित समयमा निर्वाचन हुनेछ ‘ : प्रधानमन्त्री ओली


काठमडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा जानुपरेको बताएका छन्। शुक्रबार ७१ औं प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘लोकतन्त्रलाई कू बाटोमा धकेल्ने चेस्टाहरुलाई अगाडि जान नदिन मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको’ उनको भनाई छ ।
उनले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनावको तयारीमा लाग्न सबै निकायहरुलाई आग्रह समेत गरेका छन् । कसैबाट लोकतन्त्रलाई अलमलमा पार्ने काम हुन नहुने ओलीको भनाई छ। ‘लोकतन्त्र प्रणालीभित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र लोकतन्त्रलाई कू बाटोमा धकेल्ने चेस्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ,’ ओलीले भने,‘नयाँ निवार्चनको तयारीका लागि म आग्रह गर्न चाहन्छु, सबै निकायले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने हुन्छ। कुनै पनि हिसाबाले लोकतन्त्रलाई अलमलमा पार्ने काम कतैबाट हुनु हुँदैन।’

निर्धारित समयमा निर्वाचन हुने दोहोर्‍याउँदै ओलीले देशलाई अस्थिरबाट जोगाउने ताजा जनादेश नै भएको बताएका छन् । ‘निर्धारित समयमा निर्वाचन हुनेछ। र, निर्वाचन गरिनुपर्छ। देशलाई अस्थिरबाट जोगाउने र स्वस्थ जनअभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले अघि बढ्ने बाटो ताजा जनादेश नै हो,’ ओलीले भने।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्