Sunday, April 20Nepal News Portal
Shadow

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त


काठमाडौं, (ससं) । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई सरकारले पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।
नेपालको संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ । जसअनुसार उपधारा (१) को (ख) प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने उल्लेख गरिएको छ ।
परियार तत्कालिन माओवादीको भातृ संगठन दलित मुक्ति मोर्चाको अगुवा रहेका थिए । पार्टीको सचिवालय सदस्य पनि रहेका परियार अन्तरिम व्यवस्थापिका संसदमा सांसद भएका थिए। २०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट परियार विजयी भएका थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्