Wednesday, February 12Nepal News Portal
Shadow

प्रचण्ड–माधव समूहले पनि छुट्टै पार्टी दर्ता गरेर चुनावमा जाने मुख्यमन्त्री राईको दाबी


काठमाडौं, (ससं) । नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राइले ताजा जनादेशका लागि देश निर्वाचनमा गएको बताउँदै निर्वाचन आयोगले पनि तयारी थालिसकेको बताएका छन् ।
अन्य दलहरु पनि कुनै नकुनै रुपमा चुनावको तयारीमा लागि सकेको बताउँदै उनले प्रचण्ड–माधव समूहले पनि छुट्टै पार्टी दर्ता गराएर चाँडै चुनावमा जाने दावी गरेका छन् ।
विराटनगरमा नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले राजनीति स्थायीत्वका लागि ओलीलाई प्रधानमन्त्री बनाउन जनादेशमा जानुको विकल्प नरहेको बताएका हुन् ।
आफ्नै पार्टीको दुई तिहाई सरकारलाई ढालेर फोहरी खेल गरेको कारण प्रधानमन्त्री ओलीले जनादेशमा जाने निर्णय गरेको बताउँदै उनले ‘खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले अस्थिरता कायम गरी सत्ता कब्जा गर्ने कित्ता निर्माण’ गरेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘यो कित्ताको यात्रा निकै गाह्रो हो ।’ आफूहरुको कित्ता र स्थायीत्व र शान्तको लागि रहेको दावी गर्दै उनले त्यसका लागि जनादेशमा गएको बताए ।
दुईटा कित्ताको बीचमा लडाई रहेको बताउँदै उनले प्रचण्ड–माधव समूहले विधि र प्रकृयाको खिल्ली उठाएको बताए । प्रदेशमा पनि भाँडभैलो अपनाउन खोजेको बताउँदै उनले प्रदेशलाई आफूहरुले जोगाउने बताए । अगामी जनादेशबाट प्रधानमन्त्री अ‍ोलीको नेतृत्वमा आउने र देशको अभिभारा पुरा गर्ने उनले दावी गरे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्