Saturday, November 25Nepal News Portal
Shadow

उपराष्ट्रपतिले सरकारको विरोध गर्दै हिँडेको प्रधानमन्त्रीको आरोप


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दकिशोर पुनले सरकारको विरोध गरी भाषण गर्दै हिँडेको आरोप लगाएका छन्। नेकपाले विराटनगरमा आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नु भएको छ। उहाँको पदले भाषण गर्दै हिड्ने, सरकारको विरोध गर्दै हिड्ने अधिकार दिएको छैन, , संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरु प्रतिनिधि सभा विघटन गरेर बेठिक भयो भन्दै हिँड्नु भएको छ।
उपराष्ट्रपति पुनले चुनाव गर्न पाईंदैन भन्दै हिँडेको आरोपसमेत लगाएका थिए। उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनु भएको थियो। अब त कमसेकम चुनाव हुनेतिर आउनुस्, ओलीले भने।
ओलीले आफ्नो पक्षको नेकपा झगडिया नभएको बताएका छन् ।

Total Page Visits: 447 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्