काठमाडौं, (ससं) । शनिबार (आज) नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका छन् । प्रचण्ड खिइएर सकिन लागेको उनको भनाइ रहेको छ ।
उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ। अलिकति सिङ हाल्दिएँ। पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो। अब प्रचण्डलाई काँध हाल्न सकिन्न। राम भन्न मात्र सक्छौँ। उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ।’
प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने टिप्पणी समेत गरेका छन् ।
उनले भने, ‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ। पहिले उहाँसँग वैद्य थिए, उनले छाडे। त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे। अहिले झाँक्री लिनुभएको छ। अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन।’