Wednesday, January 15Nepal News Portal
Shadow

२४ घण्टामा ८८ संक्रमित थपिए


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । नेपालमा १ हजार ५३५ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ रहेको छ ।
शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख ३६ हजार ३०९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ७१ जना रहेका छन्

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्