Saturday, May 11Nepal News Portal
Shadow

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दुई करोडभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन गरिने


खोटाङ, १५ असोज (ससं) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड १० लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तीमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउने गरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको छ ।

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा इकाईका वरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने बताए । चक्लाबन्दीमा पकेटरब्लकरजोन सञ्चालनका लागि सहकारी र नीजि क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा मकैको बीउ श्रोत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डार, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापनाका लागि २० लाख, बसन्ते मकैको क्षेत्रफल बिस्तारका लागि १० लाख, हिउँदे मकै क्षेत्र विस्तारका लागि पाँच लाख, स्वदेशी हाईब्रिड मकै प्रदर्शनका लागि एक लाख २५ हजार बजेट विनियोजन गरिएको छ।

मकै जोन कृषि यान्त्रीकरण सहयोगका लागि २५ लाख, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि दश लाख र गत वर्ष विस्तार भएको क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिँचाइ पूर्वाधार निर्माण गर्न ६० लाख बजेट खर्च गरिने डा. अर्यालले जानकारी दिए । रासस

Total Page Visits: 671 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्