Wednesday, December 6Nepal News Portal
Shadow

कमल थापाले भने : ‘प्रधानमन्त्री  आफैं चुनावको तयारी गर्ने भन्नुहुन्छ, आफैं चेतावनी दिँदै हिँड्नुहुन्छ’


काठमाडौं, (ससं) । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढ्दै गएको बताएका छन्।उनले मुलुकका प्रमुख अंगबीचको विवादले थप जटिलता बढाउँदै लगेको बताएका छन् ।

आइतबार दमकमा मिडिया नेपालले गरेको पत्रकार भेटघाटमा उनले भने,सभामुखले राष्ट्रपति प्रधानमन्त्री मुद्दा हाल्ने, उपराष्ट्रपतिले राष्ट्र प्रमुखविरुद्ध बोल्ने, यसले कुन हिसाबको मर्यादामा पुगिन्छ? अध्यक्ष थापाले गणतन्त्रको उपहास गर्न मुलुककै प्रमुख अंगहरु नै लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले अदालतले विघटन सदर नगरे आन्दोलन गर्ने चेतावनीले थप अन्यौलता थपिएको बताउँदै थापाले भने, प्रधानमन्त्री आफै चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नु भएको छ।

Total Page Visits: 404 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्