Tuesday, December 3Nepal News Portal
Shadow

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश


काठमाडौं, (ससं) । प्रदेश न. १ प्रदेश सभाको आजको (आइतबार) बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ। प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदैछ।

यसअघि आजको प्रदेश सभा बैठक रोक्न मुख्य मन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए। तर, सभामुख भण्डारीले भने मुख्यमन्त्रीको आग्रह अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका छन्।

प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा, ‘मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव ऐ. नियमावलीको नियम १२९(४) बमोजिम पेश हुने,’ उल्लेख छ।
प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै समूह र नेपाली कांग्रेस छलफलमा जुटेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्