Friday, December 1Nepal News Portal
Shadow

तुलसीपुरको हिरासतमा एक व्यक्तिको मृत्यु


दाङ, (ससं) । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीका अनुसार हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वलीको मृत्यु भएको हो । मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो ।
उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका उनको आईतबार बिहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएका छन् ।
अत्याधिक मदिरा सेवन गरेका उनी हिँड्न नसक्ने अवस्था भएपछि प्रहरीले बोकेरै कार्यालयसम्म ल्याएको थियो । डिएसपी सिंहले उनी २०५९ सालदेखि कान्छी श्रीमतीसँग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिए । उनकी जेठी श्रीमती रोल्पामै छिन् ।

Total Page Visits: 389 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्