Sunday, February 16Nepal News Portal
Shadow

गोरखामा एकै परिवारका तीन जना मृत फेला


काठमाडौं, (ससं) । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक धामी तोराङमा एकै परिवारका तीन मृत भेटिएका छन् । ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आईतकुमारी गुरुङ र नातीनि नाता पर्ने १३ वर्षीया उषा गुरुङ आज बिहान मृत भेटिएको गोरखाका प्रहरीले जानकारी दिएका छन् ।

मृतक तिनै जनाको मुखबाट फिँज बगिरहेकाले विषालु च्याउ खाँदा मुत्यु भएको हुन सक्ने स्थानीयको आशंका रहेको छ। घरमा अन्य परिवारका सदस्य थिएनन्। गएराती खाना खाएर सुतेका उनीहरू आज बिहान मृत अबस्थामा भेटिएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्