Thursday, January 23Nepal News Portal
Shadow

प्रचण्ड–नेपाल समूहद्वारा ६४ जिल्ला र ४ महानगरको नेतृत्व चयन


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का प्रचण्ड–नेपाल समूहले राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
फागुन १ र २ मा बसेको स्थायी कमिटी बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । त्यसैअनुसार फागुन ७ गते संगठनात्मक एकतासम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको थियो ।

सामान्यतया पार्टी कमिटी तथा जनवर्गिय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०,५० प्रतिशत हुनेगरी मापदण्ड बनाएको थियो ।

त्यसैअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्रमा ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएका हुन् ।

बाँकी जिल्ला र अन्य पदाधिकारी भने अदालतको फैसलापछि टुंगो लगाउने तयारी यो समूहले गरेको छ । नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त थिए। यसअघि प्रचण्ड नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्