Wednesday, June 11Nepal News Portal
Shadow

लिबियाका गृहमन्त्री बाशाघाको हत्या प्रयास


काठमाडौं, (सस) । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या गर्न प्रयास गरिएको छ ।
राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए । मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गोली चलाएका थिए जसबाट एक जना बन्दुधकारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना पक्राउ परेका थिए ।
सन् २०११ मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्