Saturday, November 25Nepal News Portal
Shadow

‘संसद् पुनःस्थापना भए राजनीतिको फेरि फोहोरी खेल सुरु हुन्छ ’: प्रधानमन्त्री ओली


कञ्‍चनपुर, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए राजनीतिको फोहोरी खेल सुरु हुने बताएका छन् । संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचमा लाग्ने उनले बताएका हुन् ।
‘संसद् पुनःस्थापना हुने हो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्छ, पार्टी पनि खोज्नुपर्छ,’ सोमबार (आज) कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बहुमत कुनै पार्टीको छैन, सांसद किनबेच सुरु हुन्छ, फेरि फोहोरी खेल सुरु हुन्छ ।’ त्यसपछि किनबेच सुरु भएर विकास निर्माणको काम सबै अवरुद्ध हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको समेत प्रस्ट पारेका छन् । ‘संसद् पुनःस्थापना भए आन्दोलन गर्छु मैले भनेको छैन, मैले कसैलाई धम्की दिएको पनि छैन,’ उनले भने, ‘अदालतलाई धम्की दिने बानी छैन, हामी न्यायालयमा विश्वास गर्छौं ।’ उनले अहिले राष्ट्र निर्माणको आन्दोलन अगाडि बढिरहेको र आन्दोलन जारी रहने बताएका छन् ।

Total Page Visits: 442 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्