Wednesday, January 15Nepal News Portal
Shadow

रिहा भएको केही समयमै पुन: पक्राउ परे विप्लव समुहका नेता बाँस्तोला


काठमाडौं, (ससं) । विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले छाड्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार अपराह्न बाँस्तोलालाई पक्राउ गरी परिसर ल्याइएको छ।
काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाउने तयारी भइरहेको प्रहरी परिसरले बताएको छ ।

बाँस्तोलालाई केही समयअघि ललितपुर परिसरले पक्राउ गरेको थियो। उनलाई बिनाकारण थुनामा राखिएको भन्दै अनिमा बाँस्तोला भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले बाँस्तोलालाई पक्राउ गरेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्