Saturday, April 19Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघको चुनाव आगामी मंसिर ११ र १२ मा हुने


काठमाडौं, १६ असोज (ससं) । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाडौं हुने भएको छ । गएको चैतमा हुनुपर्ने चुनाव कोरोना भाइरसका कारणबाट तीन–तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औं वार्षिक साधारण सभा तथा चुनावको मिति तोकेको हो । यसअघि बसेको महासंघको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो ।

त्यो कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाण्डौमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ लाई साधारण सभा तथा चुनावको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको छ ।

नेपाल सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब यसपछि कोभिड–१९ का कारण कुनै पालिकाले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवात जावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्