Monday, November 27Nepal News Portal
Shadow

नेचा बिहिबारे क्षेत्रका पसलमा अनुगमन, म्याद गुज्रेका सामान नष्ट


सोलुखुम्बु, (ससं) । सोलुखुम्बुको नेचा बिहिबारे बजार क्षेत्रका पसलमा अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको नेतृत्वमा गरिएको बजार अनुगमनमा म्याद नाघेका खाद्य बस्तु, श्रृङगारका सामाग्री तथा औषधि गरि १५ हजार २ सय मुल्य बराबरको सामाग्री जफत गरि नष्ट गरिएको छ ।

मुल्य स्रचि राख्न, बोर्ड व्यवस्थापन गर्न, म्याद नाघेका सामाग्री हटाउन, मदिराजन्य पदार्थ छुट्टै बिक्रि वितरण तथा दर्ताका लागि उद्योग बाणिज्य संघ, सोलुखुम्बुले सहयोग गर्नेछ ।

बजार अनुगमनमा गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक कुमारीदेवी शर्मा, निमित्त प्रमुख प्रसासकिय अधिकृत युवराज पोखरेल, शिक्षा शाखा अधिकृत माधबमणी ढुगाना लगायत गाउँपालिका कर्मचारी, उद्योग बाणिज्य सघंका प्रतिनिधि सुरक्षाकर्मिले सहभागिता जनाएका थिए ।

Total Page Visits: 459 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्