Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
प्रधानमन्त्रीद्वारा उद्घाटन गरेको पुलको शिलालेख तोडफोड गर्नेलाई कारवाही गर्न डिआइजीको निर्देशन – Udhyognews.com
Wednesday, July 9Nepal News Portal
Shadow

प्रधानमन्त्रीद्वारा उद्घाटन गरेको पुलको शिलालेख तोडफोड गर्नेलाई कारवाही गर्न डिआइजीको निर्देशन


दाङ (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको दाङ देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड गर्नेहरुलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।
पुलको शिलालेख तोडफोड भएको घटना गत साता प्रकाशमा आएको थियो । प्रहरीले तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न सकेको छैन ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी पक्राउ गर्न तथा आवश्यक कानुनी कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख स्रोतले प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको पुलको शिलालेख तोडफोड गर्नेहरुलाई कानुनी दायरामा ल्याइछाड्ने बताएका छन् ।
सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरुलाई कानुन बमोजिम मुद्दा दर्ता गरेर कारबाही गर्न निर्देशन दिइएको स्रोतको भनाई छ । ‘

जिल्ला प्रशासन कार्यालय दाङले पनि तोडफोडमा उत्रनु गैरकानुनी काम भएको भन्दै यसलाई कानुनी दायरामा ल्याइने बताएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । प्रहरीले छिट्टै दोषीहरुलाई कानुनी दायरामा ल्याउनेमा आफू विश्वस्त रहेको भन्दै उनले सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई मुद्दा चलाई कानुनी कारबाही गरिने बताएका छन्।

पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीयवासी रुष्ट बनेका थिए । प्रधानमन्त्रीले पुल उद्घाटन गर्ने दिन नै असन्तुष्ट स्थानीयवासीले विरोधस्वरुप प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने तयारी गरे पनि प्रहरीको कडा सुरक्षाका कारण त्यो सम्भव हुन सकेन । उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाब दिँदै आएका थिए ।
तिनै असन्तुष्ट समूहले शिलालेख तोडफोड गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उद्घाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्