Friday, December 1Nepal News Portal
Shadow

सर्वोच्चअदालतले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो : पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडौं, (ससं) । पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् । उपचारका लागि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्सबाट ट्वीट गर्दै भट्टराईले सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेकोु बताएका हुन् ।

उनले लेखेका छन्, ‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ।’

Total Page Visits: 501 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्