Thursday, January 23Nepal News Portal
Shadow

पहिलो पटक लाइसेन्सको ट्रायल दिँदै हुनुहुन्छ ? अनिवार्य लानु पर्ने कागजपत्र यी हुन्


काठमाडौं, (ससं) । तपाईं ड्राइविङ्ग लाइसेन्सको ट्रायल पहिलो पटक दिँदै हुनुहुन्छ भने के–के कागजपत्र साथमा लिएर जानुपर्छ भन्ने कुरा मनमा खेलेको होला । अझ पहिले नै ट्रायल दिएकाहरुलाई पनि रजिट्रेशन फारामले अलमलमा परेको हुनुपर्छ । किनभने त्यहाँ ओरिजिनल नागरिकता, मेडिकल रिपोर्ट र टेनिङ्ग सटिफिकेट पनि ल्याउँनु भनिएको छ । यसले ट्रायल दिन जाँनेहरुलाई अलमल्याएको छ । तर, अब तपाईं नअल्मिलिनुहोस् ।

किनभने त्यहाँ भनेका सबै डकुमेन्ट अनिवार्य लिएर जानु पर्दैन । यातायात व्यवस्था कार्यालय, चाबहिलका अनुसार त्यहाँ भनिएका डकुमेन्टमध्ये ओरजिनल नागरिकता मात्र सम्पर्क मितिमा लिएर गए पुग्छ । यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी रोहित पोखरेलले दिएको जानकारी अनुसार ट्रायल तथा लिखित दिन जाँदा आफ्नो ओरजिनल नागरिकता साथमा राख्नु पर्ने हुन्छ । रजिष्ट्रेशन फारममा भनिए जस्तो सबै कागजपत्र अनिवार्य छैन् । तर, ओरजिनल नागरिकता साथमा लिएर नगए ट्रायल र लिखित परिक्षा दिन पाइने छैन् ।

अनलाईन फाराम भरेपश्चात आउँने रजिष्ट्रशन फारममा भने यस्तो व्यवस्था गरिएको थियो : हेर्नुहोस्

No description available.

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्