
उहाँले पदबाट राजीनामाका लागि चौतर्फी दबाब बढे पनि उनले तत्काल राजीनामा नगर्ने तर संसद्को फेस गर्ने तयारी थाल्नुभएको हो । अब संसदको अंकगणितको हिसाबकिताब हुन्छ त्यसमा हामी डटेर भिड्ने तयारीमा छौ ओली समूहका एक नेताले भने ।
उहाँले सर्वोच्चको फैसलाअनुसार संसद्को बैठक बोलाएर संसद्मै ‘फेस’ गर्ने तयारी गरेको बालुवाटार निकटको दावी छ । “सर्वोच्च अदालतले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ नभनेका कारण अदालतको आदेश मान्ने उनको बुझाई रहेको छ ।
सर्वोच्चले त संसद् विघटन भएन, १३ दिनभित्र संसद् बैठक बोलाऊ भनेरमात्रै भनेको हो । संसद् बैठकले के गर्छ, दलहरूले के गर्छन् त्यो हेर्न बाँकी नै छ ।” यसैले हामी अब संसदमा आफ्नो पकड जमाउन बलियोसँगले लाग्छौ उनले भने ।