Saturday, June 14Nepal News Portal
Shadow

आज सुनको मूल्य  ३ सय घट्यो


काठमाडौं, (ससं) । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार (हिजो) सुनको मूल्य तोलाको ९० हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार तेजाबी सुनको मूल्य ८९ हजार छ सय ५० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्