Monday, July 15Nepal News Portal
Shadow

ओली समूहको स्थायी समिति बैठक सुरु


काठमाडौं, (ससं) । नेकपा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिएका हुन् ।
संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन्।

बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी छन्। बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्