Monday, July 22Nepal News Portal
Shadow

प्रचण्ड–माधव समूहले निकाल्यो विजय जुलुस


काठमाडौं, (ससं)। नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापना भएको खुसियालीमा काठमाडौंमा विजय जुलुस निकालेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।

संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्