Saturday, November 25Nepal News Portal
Shadow

जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन एक डोज लगाए पुग्ने, पूरा गर्यो मापदण्ड


काठमाडौं, (ससं) । एकै डोज लगाए पुग्ने कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीले बनाएको भ्याक्सिनले प्रयोगका लागि मापदण्ड पूरा गरेको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडिएले यसको जानकारी सार्वजनिक गरेको हो।

बुधबार सार्वजनिक गरेको रिभ्युअनुसार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको पाइएको छ। अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्नसमेत यो भ्याक्सिन प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ।

यसै साताको अन्तिमसम्म अमेरिकामा यो भ्याक्सिन प्रयोगका लागि अनुमति लिने तयारी गरिएको छ। अनुमति पाएमा अमेरिकामा प्रयोगमा आउने यो तेस्रो भ्याक्सिन हुनेछ । डिसेम्बरमा प्रयोगको स्वीकृति पाएका मोडेर्ना र फाइजरका भ्याक्सिन अमेरिकामा लगाउने क्रम जारी छ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन सिकिस्त बिरामी हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी देखिएको उसको दावी छ। त्यस्तै सिकिस्त हुनबाट रोक्न भने झण्डै ६६ प्रतिशत प्रभावकारी देखिएको छ। भ्याक्सिन लगाएको १४ दिनपछि नै सुरक्षा प्रदान गर्ने क्लिनिकल परीक्षणमा देखिएको कम्पनीको दावी छ।

Total Page Visits: 789 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्