काठमाडौं, (ससं) । सर्वोच्च अदालतको फैसलापछिको समसामयकिअवस्थाबारे छलफल गर्न फागुन १३ गते बिहीबार (आज) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक सभापति शेरवहादुर देउवाले आफ्नै निवासमा दिउँसो ३ बजेका लागि बोलाएका हुन्।
बैठकमा बुधवार नेकपाको माधव–प्रचण्ड समूहले गरेको सहकार्यको प्रस्ताव र अदालतले प्रतिनिधि सभा पुनःस्थापन गरेपछि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने बताइएको छ। देउवाले नेकपाको कुन समूहसँग मिलेर अघि बढ्ने भन्ने रणनीति तय गर्न बैठक बोलाएको देखिन्छ।
अबको संसदीय अंक गणितमा काग्रेस महत्त्वपूर्ण देखिएको छ। कांग्रेसको साथविना अविgreश्वास प्रस्ताव पास गर्नदेखि सरकार बनाउनसम्म असम्भव छ।