Tuesday, May 28Nepal News Portal
Shadow

राष्ट्रपति विद्यादेवी भण्डारीको चर्चित हलिउड अभिनेत्री जेनिफरले गरिन् तारिफ


काठमाडौं, (ससं) । राष्ट्रपति विद्यादेवी भण्डारीको चर्चित हलिउड अभिनेत्री जेनिफर जोहाना एनेस्टेनले तारिफ गरेकी छन् ।
गत शुक्रवार उनले इन्टाग्राममा एक ‘स्टोरी’ अपडेट गरिन् । त्यस स्टोरीमा जर्मन चान्सलर एन्जेला मर्केल, न्युजल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीको फोटो राख्दै उनले लेखेकी छन्, ‘विश्वमा परिवर्तन नचाहनेहरूले हल्ला गरिरहेका बेलामा पनि परिवर्तन सम्भव छ ।’ उनको संकेत थियो, महिलाहरू अघि बढेको हेर्न नचाहनेका बीच पनि यी महिलाहरूले आफूलाई प्रमाणित गरेका छन् र देशको नेतृत्व गरिरहेका छन्

Total Page Visits: 558 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्