काठमाडौं, (ससं) । विभिन्न कम्पनीहरुको साधारण शेयर (आइपीओ) को नतिजा अब संचारमाध्यमबाट हेर्न नपाईने भएको छ। सिडिएस एण्ड क्लियरिङले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै अनलाइन सञ्चार माध्यम तथा निजी संस्थाहरुबाट हेर्न नपाईने व्यवस्था गरेको हो ।
अब सम्बन्धित कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङले मात्र नतिजा सार्वजनिक गर्न पाउने छन् । यो व्यवस्था भोलि बाँडफाँड हुन लागेको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओबाट नै लागू हुने सिडिएससीले जनाएको छ।