काठमाडौं, (ससं) । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताएका छन्। बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओली समूहका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रचण्ड नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको’ टिप्पणी गरेका हुन्।
प्रचण्ड – नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ,’ उनले लेखेका छन्,‘यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो।
गत मंगलबार सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ। प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वयले नयाँ सरकार साझेदारीका लागि कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेका छन्। बुधबार कांग्रेस सभापति देउवासँग छलफल गरेका उनीहरुले आज जसपाका नेताहरुसँग कुराकानी गरेका छन्।
‘प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु गोरु ब्याउनु जस्तै हो’ : सूर्य थापा
- स
- स
- स