Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
छतबाट लडेर एक विद्यार्थीको मृत्यु – Udhyognews.com
Wednesday, June 11Nepal News Portal
Shadow

छतबाट लडेर एक विद्यार्थीको मृत्यु


कञ्चनपुर, (ससं) । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भरतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहिबार (आज) छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो , “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्